+
+
Shares

नीति तथा कार्यक्रम पास गर्दा प्रतिनिधिसभामा ४४ र राष्ट्रिय सभामा ३ सांसद् अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:३३

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभामा ३ र प्रतिनिधिसभामा ४४ सांसद अनुपस्थित रहेर पनि नयाँ नीति तथा कार्यक्रम बहुमतले पारित भयो।
  • संसद् बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि छलफलको जवाफ दिएपछि दुवै सदनले यसलाई बहुमतले स्वीकृति दिए।
  • अगामी दिनहरूमा विनियोजन विधेयक र बजेट सम्बन्धी छलफलहरू आयोजना हुनेछन्।

२८ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्दा प्रतिनिधिसभामा ४४ र राष्ट्रिय सभामा ३ सांसद अनुपस्थित रहेको पाइएको छ ।

संसद् सचिवालयका अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा नीति तथा कार्यक्रम पारितका लागि निर्णयार्थ प्रस्तुत ५६ जना सांसद् उपस्थित थिए ।

सत्तारुढ दल नेपाली कांग्रेसका किरण बाबु श्रेष्ठ अनुपस्थित रहेका थिए । प्रतिपक्षी दल माओवादी केन्द्रका राधेश्याम पासवान र राष्ट्रिय जनमोर्चाका सांसद तुलबहादुर विश्वकर्मा पनि अनुपस्थित थिए ।

निर्णयार्थ प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा ४४ जना सांसद अनुपस्थित रहे । प्रतिनिधिसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र फौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गरेका थिए । त्यसपछि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नहरूको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । प्रधानमन्त्रीले जवाफ दिएपछि सदनमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको हो । जो बहुमतले दुवै सभाबाट पारित भएको छ ।

यो सँगै, आइतबार नै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

यसमाथि प्रतिनिधिसभामा चार दिन छलफल हुनेछ । सभामुख देवराज घिमिरेकाअनुसार यही वैशाख ३० गते, ३१ गते, जेठ १ गते र जेठ २ गते प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?