
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- गृहमन्त्रीको साथी भन्दै धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्ने व्यक्तिले सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत धम्की दिएको आरोप छ।
- पक्राउ पर्ने व्यक्तिको नाम राज कुमार श्रेष्ठ हो र उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
२८ वैशाख, काठमाडौं । गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।
उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4