+
+
Shares

अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्न– गण्डकी त्रिभुज परियोजना कार्यान्वयन गर्न के अप्ठ्यारो पर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते ७:४८

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • वर्षमान पुनले पूर्ववर्ती सरकारमा आफूले ल्याएको गण्डकी आर्थिक त्रिभुज परियोजना वर्तमान सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन्।
  • आर्थिक वर्ष २०८१/०८२ को बजेटमा पुनले भैरहवा, भरतपुर र पोखरालाई जोड्ने गरी ‘त्रिभुज परियोजना’ प्रस्ताव गरेका थिए ।
  • पुन भन्छन्- त्यतिबेला मैले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि सल्लाह गरेको थिएँ । उहाँले त्यो राम्रो सोच हो भन्नुभएको थियो । तर, अहिले कार्यान्वयन गर्न सक्नुभएन ।

२९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेको भन्दै वर्तमान सरकारको आलोचना गरेका छन् ।

आइतबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा पुनले वर्तमान सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज परियोजना कार्यान्यवनमा अनिच्छा देखाएको आरोप लगाए ।

अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा पुनले भैरहवा, भरतपुर र पोखरालाई जोड्ने गरी ‘त्रिभुज परियोजना’ प्रस्ताव गरेका थिए । बजेटमा ऊक्त कार्यत्रम प्रस्ताव गर्नुअघि पौडेलसँग परामर्श गर्दा उनले ‘कार्यक्रम राम्रो’रहेको भन्दै प्रशंसा गरेको तर अहिलेको नीति तथा कार्यक्रममा त्यसलाई हटाइएको भन्दै पुनले असन्तुष्टि जनाए ।

‘चालु आर्थिक वर्षमा अर्थमन्त्रीका रुपमा बजेट प्रस्तुत गर्दा मैले काठमाडौं वरिपरिको त्रिकोणात्मक क्षेत्रका रुपमा रहेको भैरहवा, पोखरा र चितवनलाई मिलाएर गण्डकी आर्थिक त्रिभुजको रुपमा अघि बढाउन परियोजना प्रस्ताव गरेको थिएँ’, पुनले भने, ‘त्यतिबेला पनि मैले वर्तमान अर्थमन्त्रीसँग पनि सल्लाह गरेको थिएँ । उहाँले त्यो राम्रो सोच हो भन्नुभएको थियो । तर, अहिले कार्यान्वयन गर्न सक्नुभएन । उहाँका अप्ठ्यारा के हुन् थाहा भएन तर, त्यो जरुरी थियो,’ पुनले भने ।

गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणघाट–बुटवल र मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरी डेडिकेटेड दुई लेनमा स्तरोन्नति गर्ने, नारायणघाट–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र बनाउने, मुग्लिङ–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र बनाउने र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्वद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने अवधारणा ऊक्त कार्यत्रममा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?