+
+
Shares

आईसीसीका न्यायाधीशलाई गिरफ्तारी वारेन्ट फिर्ता लिन इजरायलको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १७:०८
Photo Credit : Reuters
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तत्कालीन रक्षामन्त्री योअभ गालान्ट

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • इजरायलले आईसीसीका न्यायाधीशहरूलाई नेतान्याहू र गालान्ट विरुद्ध जारी गरिएको गिरफ्तारी वारेन्ट फिर्ता लिन अनुरोध गरेको छ।
  • आईसीसीले गाजा युद्धसम्बन्धी इजरायली कदमहरूको अधिकार क्षेत्रबारे समीक्षा गरिरहेको छ ।
  • आईसीसीले फेब्रुअरीमा मोहम्मद डेइफको रूपमा चिनिने अल–मसरीको मृत्यु भएको विश्वसनीय रिपोर्टहरू प्राप्त भएपछि उनको गिरफ्तारी वारेन्ट फिर्ता लिइएको जनाएको थियो ।

२९ वैशाख, काठमाडौं । इजरायलले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का न्यायाधीशहरूलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तत्कालीन रक्षामन्त्री योअभ गालान्टविरुद्ध जारी गरिएको गिरफ्तारी वारेन्ट फिर्ता लिन अनुरोध गरेको छ ।

अहिले आईसीसीले गाजाको युद्धसम्बन्धी इजरायली कदमहरूमा आफ्नो अधिकार क्षेत्रबारे उठाइएको प्रश्नहरूमाथि समीक्षा गरिरहेको छ ।

आईसीसीको वेबसाइटमा प्रकिशत कागजातहरूले इजरायलले अदालतसँग प्यालेस्टिनी भूमिका भएका कथित अपराधहरूको अनुसन्धान स्थगन गर्न अभियोजन पक्षलाई आदेश दिन माग गरेको देखाएको अलजजिराले लेखेको छ ।

यी कागजातहरू मे ९ मितिको छन् र इजरायली उप महान्यायाधीवक्ता गिलाड नोआमले हस्ताक्षर गरेका छन्।

आईसीसीले गत वर्ष नोभेम्बर २१ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू, तत्कालीन रक्षामन्त्री र हमासका एक नेता इब्राहिम अल–मसरीविरुद्ध गाजा संघर्षमा भएको युद्ध अपराध र मानवताविरुद्धका अपराधका लागि गिरफ्तारी वारेन्ट जारी गरेको थियो।

आईसीसीले फेब्रुअरीमा मोहम्मद डेइफको रूपमा चिनिने अल–मसरीको मृत्यु भएको विश्वसनीय रिपोर्टहरू प्राप्त भएपछि उनको गिरफ्तारी वारेन्ट फिर्ता लिइएको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?