
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्न नयाँ इकाइ स्थापना गरेको छ।
- यो इकाइ अहिले सीआईबीको मातहतमा रहेको छ, यसको नेतृत्व एसएसपी होबिन्द्र बोगटीले गरिरहेका छन्।
- यो इकाइमा हाल १९ जना प्रहरी कार्यरत छन्, यसको संरचना र दरबन्दीबारे अन्तिम टुंगो लाग्न बाँकी छ।
३० वैशाख, काठमाडौं । आर्थिक अपराधको चाप बढेपछि यो विषयको अनुसन्धान गर्न भन्दै छुट्टै इकाइको स्थापना गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धान गर्ने भन्दै आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले इकाइ गठन गरिएको बताउँदै अहिले एसएसपीले कमान्ड गर्ने बताए ।
उनका अनुसार अहिले एसएसपी होबिन्द्र बोगटीले यसको कमान्ड गरेका छन् । यो इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन् । गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर काम सुरु गरिएको उनले बताए ।
यसको संरचना र दरबन्दीलगायतका बारेमा भने ओएमएन्ड हुन बाँकी नै छ । त्यसपछि मात्रै कसको नेतृत्वमा कतिजना प्रहरी रहने भन्ने यकिन टुंगो लाग्ने छ ।
अहिले यो इकाइलाई सीआईबीकै मातहत राखिएको छ । कार्यालय पनि सीआईबीकै भवन लाजिम्पाटमा रहेको प्रवक्ता थापाले बताए ।
प्रतिक्रिया 4