+
+
Shares
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण :

सांसद माया राईको बयान- सहकारीका निर्णयमा गरिएको हस्ताक्षर मेरै हो

राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पुरक अभियोजनमार्फत् मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो । यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सांसद माया राईविरुद्धको पुरक अभियोजनामा मुद्दा दायर भएको छ ।
  • यसअघि पनि सहकारी ठगीको मुद्दामा ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
  • सांसद राईले आफ्नो हस्ताक्षर आफ्नो विश्वासमा दिएर सहकारीका कागजातहरूमा हस्ताक्षर गरेको स्वीकार गरेकी छिन्।

३० वैशाख, काठमाडौं । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पुरक अभियोजनमा  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित मंगलबार जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले मुद्दा दायर गरेको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् ।

उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।

अहिले फेरि राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पुरक अभियोजनमार्फत् मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो । यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो ।

सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले काठमाडौंको कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।

उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भएपनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा माइन्युटमा समेत सांसद राईले हस्ताक्षर गरेको भेटेको थियो । बयानका क्रममा समेत सांसद राईले उक्त हस्ताक्षर आफ्नै रहेको स्वीकार गरेकी छिन् ।

हाँडीगाउँमा एकै घरमा डेरा गरी बस्ने भूपेन्द्र राईको आग्रहमा हस्ताक्षर गरेको उनले बताएकी छिन् ।

‘भूपेन्द्र राई डेरा सरी जानु भन्दा अगाडी स्वर्णलक्ष्मी सहकारीका माइन्युटिङ निर्णय गरेको फोटोकपीहरू डेरा कोठामा नै लिएर आई मलाइ देखाए । दिदी यसमा तपाईंको नाम राखेको छ, तपाईंको नाम रहेको सम्पूर्ण कागजातहरूमा हस्ताक्षर गरी सहयोग गर्नुपर्‍यो भनेको हुँदा मैले विश्वासको आधारमा सही गर्न दिएको सबै कागजातहरूमा डेराबाटै सहीछाप गरिदिएकी हुँ,’ बयानमा उनले भनेकी छिन्, ‘के कुन कागजातहरूमा सही छाप गरेँ, उक्त समयमा थाहा भएन । मैले उक्त कागजातहरू नपढी नहेरी म सँगै बस्ने भूपेन्द्र राई भन्ने भाइको कुरामा विश्वास गरी हस्ताक्षर गरेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?