+
+
Shares

प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’

हालै काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघ महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ विभाग उपाध्यक्ष निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गरेको छ।
  • यसले नेपाली खेलकुदको प्रवर्द्धन र विकासमा आफ्नो निरन्तर समर्थन व्यक्त गरेको हो।
  • प्रतियोगिता आगामी जेठ ८ देखि १५ सम्म पोखरा रङ्गशालामा आयोजना हुनेछ।

३० वैशाख, काठमाडौं । शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ का रूपमा सहकार्य गर्ने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसाथ उक्त प्रतियोगितामा शिवम् सिमेन्टले स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्न लागेको हो ।

शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवर्द्धन र दीर्घकालीन समर्थन नीति अनुरूप प्रतियोगितामा सहकार्य गर्न लागेको जनाएको छ । यस सम्बन्धमा हालै काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघ महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्ट लिमिटेडका सेल्स एन्ड मार्केटिङ विभाग उपाध्यक्ष निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

भलिबल संघको आयोजनामा ९औं प्रधानमन्त्री कप ‘एनभीए महिला÷पुरुष भलिबल लिग २०८२’ आगामी जेठ ८ देखि १५ सम्म पोखरा रङ्गशालास्थित कभर्ड हलमा आयोजना हुनेछ । प्रतियोगितामा ६ महिला र ८ पुरुष टिम गरी कुल १४ टिम सहभागी हुनेछन् ।

शिवम् सिमेन्टले यसअघि पनि नेपाली भलिबल प्रवर्द्धनमा विभिन्न माध्यमबाट योगदान दिँदै आएको छ । कम्पनीले शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित महिला भलिबल कप, न्यु डाइमन्ड एकेडेमी टिम र एभरेस्ट भलिबल लिग अन्तर्गत कर्णाली यशविस टिमको प्रायोजन गर्दै भलिबल विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथन जस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?