+
+
Shares

बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई महिलाको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो ।
  • प्रहरीले बताए अनुसार, बिहे घरमा माइक राख्नका लागि गाडिए बाँस हावाहुरीले ढालेर हाइटेन्सन लाइनमा छोएर करेन्ट प्रवाह भएको थियो।
  • करेन्ट लागेर घाइते एक महिला उपचारपछि घर फर्किएकी छन् ।

३१ वैशाख, विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।

बिहे घरमा माइक राख्नका लागि हाइटेन्स लाइन नजिकै हरियो बाँस गाडिएको थियो । गएराति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन जनालाई करेन्ट लागेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते दुई जनालाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

राधाकुमारी सिंह भने नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?