+
+
Shares

मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

आर्यन धिमाल आर्यन धिमाल
२०८२ वैशाख ३१ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको मखन टोलमा लागेको आगो दमकल र सुरक्षाकर्मीको प्रयासले नियन्त्रणमा आएको छ।
  • आगलागीमा एक महिलाको मृत्यु भएको छ र घटनाको कारण ग्यास लिक भएको हुन सक्ने प्रहरीको अनुमान छ।
  • आगलागीले घरहरूलाई क्षति पुर्याएको छ र थप जाँच भइरहेको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?