+
+
Shares

सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान दिएका समुदायका आवाज उठाउन माग

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमा सबै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने बताएका छन्।
  • कार्यक्रममा जलवायु परिवर्तनको प्रभावबाट प्रभावित समुदायको मुद्दामा छलफल हुने र समाधानका लागि विश्व मञ्चमा आवाज उठाउनुपर्ने उल्लेख भयो।
  • आदिवासी र जनजाति समुदाय जलवायु परिवर्तनबाट बढी प्रभावित भएकाले उनीहरुको समस्या सम्बोधन गर्न सरकारलाई संवेदनशील हुन सुझाव दिइयो।

३१ वैशाख, काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताएका छन् ।

आदिवासी जनजाति महिला युवा सञ्जालले बुधबार आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गरे ।

मन्त्री शाहीले भने, ‘प्रकृतिको समिपमा रहने समुदाय जलवायुबाट बढी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।’

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताइन् । साथै उनले प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान भएका समुदायका आवाज प्राथमिकता साथ सगरमाथा संवादमा उठाउन सुझाव दिइन् ।

सञ्जालका अध्यक्ष रिसा श्रेष्ठले जलवायु परिवर्तनका असरबाट प्रकृतिसँग प्रत्यक्ष जोडिएका आदिवासी जनजाति समुदाय बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरुका समस्या सम्बोधनमा सरकार संवेदनशील हुनुपर्ने बताइन् ।

मन्त्रालयका उपसचिव प्रकाशसिंह थापा सगरमाथा संवादको तयारी बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?