+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बीएसएफका जवानलाई २२ दिनपछि पाकिस्तानले लगायो भारतको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १५:३५
Photo Credit : ANI
बीएसएफका जवान पूर्णमकुमार सावकी श्रीमती रजनी साव ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानले भारतीय सीमा सुरक्षा बलका जवान पूर्णमकुमार सावलाई भारतको जिम्मा लगाएको छ।
  • सावलाई २३ अप्रिलमा पाकिस्तानले नियन्त्रणमा लिएको थियो र उनी अहिले सुरक्षित रूपमा भारत फर्किएका छन्।
  • पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र उनका परिवारले सावको रिहाइलाई खुशी व्यक्त गरेका छन् ।

काठमाडौं । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवान पूर्णमकुमार सावलाई भारतको जिम्मा लगाएको छ ।

रावलाई २३ अप्रिलमा पञ्जाबको अटारी सीमाबाट पाकिस्तानी रेन्जर्सले नियन्त्रणमा लिएको थियो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल एक्समार्फत लेखेकी छन्, ‘हाम्रा बीएसएफ जवान पूर्णमकुमार सावलाई रिहा गरिएको जानकारी पाउँदा खुसी छु ।’

पूर्णमकुमारकी श्रीमती रजनीले पनि बुधबार बिहान आफ्नो पतिसँग भिडियो कल भएको र उनी भारत आइपुगिसकेको र सुरक्षित रहेको रजनीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?