+
+
Shares

चोरी भएका मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा चोरी भएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन फेला पारिएको छ र ती धनीहरूलाई बुझाइएको छ।
  • सवारी साधनहरू विभिन्न स्थानहरूबाट फेला परेका हुन् र यससँग सम्बन्धित व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पठाइएको छ।
  • सन् साउनदेखि हालसम्म ४ सय ३१ ओटा सवारी साधन जिम्मा लगाइसकेको र ५८ व्यक्तिहरूलाई कारबाहीका लागि पठाइएको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मूलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २२ओटा सहित ४ सय ३१ ओटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। यस्तै चोरीका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

बुधबार बुझाएका २२ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?