
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीगण्डकी नदीले बगाउँदा पर्वतको कुश्मा नगरपालिका–५ का एक पुरुष बेपत्ता भएका छन्।
- बेपत्ता भएका व्यक्ति अन्नपूर्ण गाउँपालिका–४ का ५६ वर्षीय बमबहादुर भुजेल हुन् र उनी नदीमा फूलपाती बगाउन गएका थिए।
- प्रहरी र सुरक्षाकर्मीहरूले नदीमा खोजीकार्य जारी राखेका छन् र अन्य व्यक्ति सुरक्षित रहेका छन्।
३१ वैशाख, पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान चौतारीका ५६ वर्षीय बमबहादुर भुजेल बेपत्ता भएका हुन् ।
आफन्तको चौरासी पूजाको फूलपाती कालीगण्डकीमा बगाउन गएका उनलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नदीले बगाएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजीकार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
बेपत्ता भुजेलसँगै आएका अर्का युवा भने सकुसल रहेका छन् । उनले दिएको जानकारीका आधारमा प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4