+

आर्चर, साम करान र जेमी ओभरटन आईपीएल खेल्न नफर्कने

२०८२ वैशाख  ३१ गते २१:४५ २०८२ वैशाख ३१ गते २१:४५
आर्चर, साम करान र जेमी ओभरटन आईपीएल खेल्न नफर्कने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका खेलाडी जोफ्रा आर्चर, जेमी ओभरटन र साम करन आईपीएल २०२५ को बाँकी खेल खेल्न भारत नफर्कने निर्णय गरेका छन्।
  • चेन्नई सुपर किंग्सले साम करान र जेमी ओभरटनको स्थानमा नयाँ खेलाडी ल्याउने योजना नभएको जनाएको छ।
  • कोलकाता नाइट राइडर्सका मोइन अलीको फर्कनेबारे निर्णय अझै तय भएको छैन र आगामी २४ घण्टामा स्थिति स्पष्ट हुने अपेक्षा गरिएको छ।

३१ वैशाख, काठमाडौं । इंग्ल्यान्डका जोफ्रा आर्चर, जेमी ओभरटन र साम करन आईपीएल २०२५ को बाँकी खेल खेल्न भारत नफर्कने भएका छन्।

चेन्नई सुपर किंग्सले साम करान र जेमी ओभरटन नआउने पुष्टि गरेको छ भने राजस्थान रोयल्सले जोफ्रा आर्चर घाइते भएकाले उनी पनि नफर्किने जनाएको छ।

आर्चरको अवस्थाबारे राजस्थानका एक अधिकारीले भने, ‘यो प्लेअफमा पुग्ने नपुग्ने कारण होइन, उनी घाइते छन् र उनको फिटनेसलाई प्राथमिकता दिइएको छ।’

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डका एक अधिकारीका अनुसार, केही खेलाडीहरूले आईपीएलका बाँकी खेल खेल्न फर्किने निर्णय गरेका छन् भने केहीले व्यक्तिगत कारणले नफर्किने रोजेका छन्। यो निर्णय सम्बन्धित फ्रेन्चाइजहरूले पनि पुष्टि गरेका छन्।

चेन्नई सुपर किंग्सले प्लेअफको दौडबाट बाहिरिएपछि साम करान र जेमी ओभरटनका लागि प्रतिस्थापन खेलाडी ल्याउने योजना बनाएको छैन। चेन्नईका लागि उपलब्ध विदेशी खेलाडीहरूमध्ये अफगानिस्तानका नूर अहमद, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस र श्रीलंकाका माथीशा पथिराना बाँकी छन्।

कोलकाता नाइट राइडर्सका मोइन अली फर्किनेबारे भने अझै कुनै निर्णय भइसकेको छैन। उनका बुबा मुनीर अलिले मिडियासँग कुरा गर्दै आगामी २४ घण्टाभित्र स्थिति स्पष्ट हुने बताएका छन्।

-क्रिकबजबाट

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय