+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर, संसद्‍मा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा अविवाहित व्यक्तिहरूको कमाइमाथि विवाहित व्यक्तिहरूको तुलनामा बढी कर लगाउने व्यवस्था छ, जसले विभेदपूर्ण कर नीति सिर्जना गरेको छ।
  • नेपाली कांग्रेसकी सांसद सुशिला थिङले यस विभेदलाई पुनरावलोकन गर्न र अविवाहित र विवाहित बीचको कर विभेद हटाउन आवश्यक रहेको औंल्याइन्।
  • उनले अविवाहित र विवाहित व्यक्तिहरूलाई फरक फरक कर लगाउने व्यवस्था खारेज गर्न र समान कर नीति लागू गर्न माग गरेकी छन्।

१ जेठ, काठमाडौं । नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थामाथि संसद्‍मा प्रश्न उठेको छ ।

नेपाली कांग्रेसकी सचेतक सुशिला थिङका अनुसार कानुनतः परिवार भन्नाले आमा, बुबा, छोरा, छोरी, पति, पत्नि, बाजे, बज्जै र सौतेनी आमा पर्दछन् ।

‘बाबु र आमाको मृत्यु भइसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवभाहितको कमाइमा बढी कर लगाउँदै आएको छ’, सांसद थिङ असन्तुष्टि व्यक्ति गरिन् । यसमा पुनरावलोकन हुनुपर्ने उनको माग छ ।

‘के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछन ?’ उनी थप्छिन्, ‘यदि राज्यलाई विभेद गरी कर उठाउन लाज लाग्दैन भने हामी अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार छन् ।’

अन्यथा, राज्यले करमा विवाहित र अविवाहित भनेर करमा गरेको विभेद हटाउनुपर्ने उनको माग छ । ‘अविवाहित र विवाहित भनेर कर उठाउन पाइँदैन । यस्तो विभेदकारी कर नीति यसपालीदेखि खारेज गरियोस्’ उनले माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?