
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली लसुनको बजार मूल्य घटेको छ र आज थोक मूल्य प्रतिकिलो १ सय ९० रुपैयाँ पुगेको छ।
- चिनियाँ लसुनको मूल्य स्थिर रहेको छ र यसको मूल्य प्रतिकिलो २ सय ७६ रुपैयाँ छ।
- नेपाली लसुनको मूल्यमा आएको गिरावटले बजारमा मूल्य घट्ने संकेत गरेको छ।
१ जेठ, काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो ।
कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज भने नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो १ सय ९० रुपैयाँ कायम छ ।
तर, चिनियाँ लसुनको भाउ भने आज यथावत् छ । चिनियाँ लसुन प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ । एक साताअघि चिनियाँ लसुनको भाउ किलोमा ३४ रुपैयाँ घटेको थियो । एक साताअघि थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4