+
+
Shares

टेरामक्स प्रकरण : यी हुन् मुद्दा दायर गरिएका सांसद बस्नेतसहितका १८ प्रतिवादी

यो प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, सरकारी अधिकारीहरू सहित १५ जना व्यक्ति र तीन वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा अनियमितता र ठूलो रकमको घोटालाको आरोपमा मुद्दा दायर गरेको छ।
  • प्रकरणमा विभिन्न सरकारी अधिकारीहरू, कम्पनीहरू र परामर्शदाताहरूलाई प्रतिवादी बनाइएको छ, जसमा सांसद मोहन बस्नेत समेत छन्।
  • प्रकरणले भ्रष्टाचारको ठूलो रकम र सम्बन्धित व्यक्तिहरूको संलग्नता उजागर गरेको छ।

१ जेठ, कााठमाडौं । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद मोहन बस्नेतसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ । बस्नेत सूचना तथा सञ्चार मन्त्री भएको समयमा यो घोटाला भएको अख्तियारले उल्लेख गरेको छ ।

त्यसैगरी नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवती राय पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हरिण्यप्रसाद वस्ताकोटी, उपनिर्देशक अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीलाई प्रतिवादी बनाइएको छ ।

त्यसैगरी परामर्शदाता भानराइज सोलुसन एसएएल र त्यसका मुख्य व्यक्ति तथा सीईओ जमल अनौती, भानराइजका लोकल एजेन्ट भनिएका कनेक्शन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?