
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
१ जेठ, काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यसअघि अनुसन्धान टुंगिएको लामो समय बितिसक्दा पनि अख्तियारले टेरामक्स प्रकरणमा कुनै निर्णय गर्न सकेको थियो । सत्तारुढ दलहरुको चर्को राजनीतिक हस्तक्षेपका कारण अख्तियार अनिर्णित भएको छ ।
प्रतिक्रिया 4