+
+
Shares

प्रष्ट कार्ययोजना र प्रतिबद्धतापछि मात्रै निर्माणाधीन संसद भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद भवनको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न प्रष्ट कार्ययोजना आवश्यक रहेको उपप्रधानमन्त्री प्रकाशमान सिंहले बताए।
  • म्याद थपको निर्णय भनेको जिम्मेवार ठेकेदारलाई जिम्मेवारी दिन र छिटो काम सम्पन्न गर्नका लागि हो भन्ने उनले बताए।
  • अहिलेको निर्माण कार्यको म्याद थपको लागि कानुनी व्यवस्था र जिम्मेवारी निर्धारण आवश्यक रहेको उनको भनाइ छ ।

१ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद भवनको काम सक्ने प्रष्ट कार्ययोजनासहितको प्रतिबद्धतापछि मात्रै म्याद थप गर्ने बताएका छन् ।

राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) ले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगतिबारे छलफल गर्न राखेको बैठकमा उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

अन्तिम पटकको म्याद थपपछि काम सम्पन्न हुने गरी अहिले मन्त्रालयमा छलफल भइरहेको उनले जानकारी दिए । ‘म्याद सकिएपछि जरिवाना किन नगर्ने ? भनेर पत्र पनि पठाएको जानकारी दिँदै उनले भने, ‘कहाँ कति दिनमा के गर्ने ? कति जनशक्तिले कसरी काम गर्ने ? प्रष्ट कार्ययोजना र प्रतिबद्धता भएपछि मात्र म्याद थप्नेमा गइरहेका छौं । त्यसमा पनि भएन भने जरिवानासहित के गर्नुपर्ने हो कानुनको व्यवस्थाअनुसार अगाडि बढ्छौं,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले कन्ट्याक्टरलाई जिम्मेवार बनाउन के गर्ने भन्ने विषयमा समितिको रायअनुसार अघि बढ्ने पनि बताए ।

सो क्रममा समितिका सदस्यहरुले सार्वजनिक खरिद नियमावलीअनुसार म्याद थप गर्न मिल्ने अवस्था रहेको भन्दै उनले अहिलेको निर्माण कम्पनीलाई नै जिम्मेवार बनाएर छिटो काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

संघीय संसद भवनको १ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो । तर पटक–पटक म्याद थपिँदा पनि काम सकिएको छैन । पछिल्लोपटक थपिएको म्याद गत चैत १८ गते सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?