
News Summary
Generated by OK AI. Editorially reviewed.- यम बरालको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ जसमा उनले दीपाश्री निरौलासँग मुख्य भूमिका निर्वाह गरेका छन्।
- भिडियो प्रेम लामाले निर्देशन गरेका हुन् र यसमा प्रेम र मनोरञ्जनको मिश्रण छ।
- गीतको संगीत शंकर थापाको, शब्द डीपी खनालको र भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन्।
काठमाडौँ । यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ ।
भिडियोमा गायक बराल र दीपाश्री निरौलाको मुख्य भूमिका छ । यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन् ।
प्रेम र मनोरञ्जनको मिश्रण गरेर भिडियो कम्पोज गरिएको छ । गीतमा डीपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत, विश्व अधिकारीको एरेन्ज छ ।
भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीताञ्जली शर्मा निर्मात्री रहेको यो भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गरेका हुन् भने दिपेश एसकेको नृत्य निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4