+
+
Shares

सूक्ष्म सुधारको चरणमा छौं : उपाध्यक्ष अधिकारी

अधिकारीले यसअघि आयोजनाका नाममा जस्ता पनि आयोजना समावेश भएको र आयोजनाको परिभाषा नै नभएको अवस्थामा अहिले त्यस्तो परिपाटी बन्द गरिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले सूक्ष्म सुधारको चरणमा रहेको बताएका छन्।
  • उनीहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्न र काम गर्ने तरिका परिवर्तन गर्न आवश्यक रहेको बताए।
  • आयोजनाको परिभाषा र व्यवस्थापनमा सुधार गर्दै नयाँ योजना र संरचना लागू गरिएको जानकारी दिए।

१ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आफूहरू अहिले सूक्ष्म सुधारको चरणमा रहेको बताएका छन् ।

बिहीबार पूर्व योजनाकार मञ्च नेपाल सुरुवात कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रलाई अगाडि बढाउन, शैली परिवर्तन गराउन र काम गर्ने ढाँचामा फरकपन ल्याउन उक्त कुरा आवश्यक भएको बताए ।

उनले यसअघि आयोजनाका नाममा जस्ता पनि आयोजना समावेश भएको र आयोजनाको परिभाषा नै नभएको अवस्थामा अहिले त्यस्तो परिपाटी बन्द गरिएको बताए ।

उनले आयोजना बैंकलाई सुधार गरी पहिलाका योजना आर्काइभमा राखिएको र नयाँ सिराबाट सुरु गरिएको जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले गत वर्ष मधेश प्रदेशबाट एउटा पनि आयोजना नपरेको भन्दै अहिले सबैभन्दा बढी आयोजना मधेशबाट परेको समेत जानकारी दिए ।

उनले संघबाट ३ करोडभन्दा कमको योजना राख्न नमिल्ने नै बनाएको र सफल दिशामा अगाडि बढेको समेत प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?