+
+
Shares

केयूकेएलका सीईओको राजीनामा माग्दै कर्मचारी संघसंगठनको प्रदर्शन

केयूकेएलमा क्रियाशील ट्रेड युनियनहरूले गत फागुनमा पनि संयुक्त विज्ञप्ति निकालेर सीईओको कार्यक्षमतामा प्रश्न उठाउँदै राजीनामा मागेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केयूकेएलका सीईओ अशोककुमार पौडेलको राजीनामा माग्दै कर्मचारीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले कम्पनीको सञ्चालन र व्यवस्थापनमा असमर्थता देखाउँदै राजीनामा आवश्यक भएको बताएका छन् ।
  • कर्मचारी संघ र ट्रेड युनियनहरूले सीईओको कार्यक्षमतामा प्रश्न उठाउँदै, कम्पनीको नीतिगत सुधार र जनशक्ति व्यवस्थापनमा असफलता देखाएका छन् । उनीहरूले ३२ बुँदे मागहरू कार्यान्वयन गर्न दबाब दिएका छन् ।
  • प्रदर्शनकारीहरूले कार्यालय परिसरमा धर्ना दिएर आफ्नो माग पूरा गर्न दबाब सिर्जना गरेका छन् ।

१ जेठ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोककुमार पौडेलको राजीनामा माग्दै कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।

कर्मचारी संघ, कर्मचारी संगठन, लोकतान्त्रिक कर्मचारी संघ, कर्मचारी कल्याण परिषद्, एकीकृत स्वतन्त्र कर्मचारी युनियन लगायतले ‘सामूहिक सौदाबाजी समिति’ गठन गरी संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले सीईओको राजीनामा माग्नुका कारणसहित ९ बुँदा कालो ब्यानरमा लेखेर टाँगेका छन् ।

केयूकेएलमा क्रियाशील ट्रेड युनियनहरूले गत फागुनमा पनि संयुक्त विज्ञप्ति निकालेर सीईओको कार्यक्षमतामा प्रश्न उठाउँदै राजीनामा मागेका थिए ।

आज पनि उनीहरूले सञ्चालक समितिसँग भएको कार्य सम्पादन करार सम्झौता अनुसार आकर्षक सेवा सुविधा लिए बमोजिम कम्पनी सञ्चालन गर्न असमर्थ भएको, बिजनेस प्लान दिन नसकेको लगायतका आरोप लगाउँदै राजीनामा मागेका छन् ।

कम्पनीको नीतिगत तथा संस्थागत सुधारका लागि क्रियाशील ट्रेड युनियनहरूले व्यवस्थापन बीच ३२ बुँदे मागहरूको सम्बन्धमा भएको सहमति तथा प्रस्तुत गरिएका सुझावहरू कार्यान्वयन गर्न उदासिन भएको, जनशक्ति व्यवस्थापन तथा परिचालन गर्न असफल भएको लगायतका आरोप लगाएका छन् ।

आन्दोलनरत कर्मचारीहरूले बिहीबार कार्यालय परिसरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?