
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न तहका पदहरूमा जागिरको लागि विज्ञापन गरेको छ।
- आवेदनको अन्तिम म्याद जेठ २२ गतेसम्म रहेको छ।
२ जेठ, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा विभिन्न पदहरुमा जागिरका लागि विज्ञापन खुलेको छ । कम्पनीले खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो ।
आन्तरिकतर्फ व्यवस्थापक (तह ९), सहव्यवस्थापक (तह ८), नायव व्यवस्थापक (तह ७), सहायक व्यवस्थापक (तह ६) र सहायक ‘क’ (तह ५) पदका लागि विज्ञापन खुलेको छ । तह ९ र तह ६ मा एक–एक तथा अन्य पदमा २–२ जनाका लागि दरखास्त आह्वान भएको छ ।
यसैगरी खुला प्रतियोगितातर्फ पनि नवौं तहको व्यवस्थापक पदमा मधेशी समूहबाट एक जनाका लागि र आठौं तहको सहव्यवस्थापक पदमा खुला र दलित समूहबाट एक–एक जनाका लागि विज्ञापन खुलेको छ ।
यसैगरी आठौं तहमै चार्टर्ड एकाउन्टेन्ट, सातौं तहको नायव व्यवस्थापक, सातौं तहको कानुन अधिकृत, छैटौं तहको सहायक व्यवस्थापक, पाँचौं तहको सहायक ‘क’ र चौथो तहको सहायक ‘ख’ पदमा विज्ञापन खुलेको छ ।
यसैगरी कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि ११ औंदेखि पाँचौ तहसम्मका विभिन्न पदहरुमा पनि दरखास्त आह्वान भएको छ ।
दरखास्त बुझाउने अन्तिम म्याद जेठ २२ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया 4