
छोरी र भतिजको हत्यापछि आफैंमाथि खुर्पा प्रहार गरेका लिलाराज गिरीको अस्पतालमा उपचार भइरहेको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोरालाई हत्या गरेका छन्।
- हत्या गरेका व्यक्तिले आफ्नै घाँटी रेटेका छन् र अहिले गम्भीर अवस्थामा छन्।
- घटनाको कारण अझै खुल्न सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।
२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोरा (भतिज)को हत्या गरेका छन् ।
४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।
घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।
घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4