+
+
Shares

युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसले युक्रेनको सुमी क्षेत्रमा ड्रोन आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते बनाएको छ।
  • यो घटना रुस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको वार्ताको केही घण्टापछि भएको हो र युक्रेनले यसलाई \'निरङ्कुश युद्ध अपराध\' भनेको छ।
  • रुसले यस घटनाको प्रत्यक्ष प्रतिक्रिया नदिए पनि, सरकारी सञ्चार माध्यमहरूले यसलाई सैन्य लक्षित आक्रमणको रूपमा देखाएका छन्।

३ जेठ, काठमाडौं । युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ । आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ ।

रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो ।

सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार उक्त मिनीबस बिलोपिलिया सहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गइरहेको थियो । त्यसै बेला रूसी ल्यान्सेट ड्रोनले हमला गरेको हो ।

घटनास्थल रुसको सीमावर्ती क्षेत्रसँग नजिक छ ।

यो हमला रूस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको सीधा वार्ताको केही घण्टापछि भएको हो ।

युक्रेनले उक्त आक्रमणलाई ‘निरङ्कुश युद्ध अपराध’ भनेको छ । ‘रूसी सेनाले फेरि एकपटक नागरिकमाथि हमला गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन र मानवताको सम्पूर्ण मापदण्डलाई तोडेको छ’, युक्रेनको प्रतिक्रिया छ ।

रूसले भने यस घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि सरकारी सञ्चार माध्यमहरूले सुमीमा रहेको सैन्य क्षेत्रलाई लक्षित गरिएको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?