+
+
Shares

‘मिसन इम्पोसिबल ८’ बन्यो भारतमा यसवर्ष सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मिसन इम्पोसिबल’को आठौं श्रृंखलाले विश्वभर र नेपालमा प्रदर्शन तयारी गरेको छ।
  • भारतमा यस फिल्मले शुक्रबार १७.५० करोड भारु कमाइ गरी सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म बनेको छ।
  • विश्लेषकहरूले यसले १६ देखि २० करोड भारुको ओपनिङ गर्ने अनुमान गरेका थिए र यसले सकारात्मक समीक्षा प्राप्त गरेको छ।

काठमाडौं । टम क्रुज स्टारर एक्सन-स्पाइ फिल्म ‘मिसन इम्पोसिबल’को आठौं श्रृंखला ‘द फाइनल रेकोनिङ’लाई लिएर विश्वभर पर्खाइ छ । नेपालसहित विश्वभर आउँदो शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

भारतमा भने यो फिल्म गत शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । भारतीय बक्सअफिसमा यसले शुक्रबार आक्रामक ओपनिङ गरेको छ । यो फिल्म भारतमा सन् २०२५ मा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्म बनेको छ ।

भारतीय फिल्मको बक्सअफिस ट्रयाकर स्याकनिल्कका अनुसार फिल्मले शुक्रबार १७.५० करोड भारु कमाइ गरेको छ । सबै भाषामा टम क्रुजको उक्त फिल्मले कमाइ गरेको द इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

विश्लेषकले यो फिल्मले १६ देखि २० करोड भारुसम्म ओपनिङ गर्ने अनुमान गरेका थिए । भारतमा यो फ्रेन्चाइजको लोकप्रियता र बलियो एड्भान्स बुकिङले फिल्मले आक्रामक ओपनिङ गरेको विश्लेषण गरिएको छ ।

यसवर्ष भारतमा रिलिज भएका अन्य अन्तर्राष्ट्रिय फिल्मको ओपनिङलाई उछिन्दै ‘द फाइनल रेकोनिङ’ले यति कमाइ गरेको हो । यसले यस शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउडकै ‘द फाइनल डेस्टिेनेसन : ब्लडलाइन्स’ र मार्वलको ‘थन्डरबोल्ट्स’को कमाइलाई समेत उछिनेको छ ।

यो फिल्मले समग्रमा सकारात्मक समीक्षा प्राप्त गरेको छ । यसैसाता कान्स फिल्म फेस्टिभलमा समेत प्रिमियर भएको यो फिल्मको एक्सनसहितका पक्षलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?