
४ जेठ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेता विजय जोलीले उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् ।
उनले आज ठमेलको चाक्सीबारी पुगेर उपप्रधानमन्त्री सिंहसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल-भारत सम्बन्ध थप सुदृढ गर्दै द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएकाे सिंहको सचिवालयले जनाएको छ ।
भैटमा समसामयिक राजनीति र दुई पार्टीबीचको सम्बन्धका विषयमा समेत कुराकानी भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4