+
+
Shares

नयाँ स्वरुप र प्रस्तुतिसँगै ‘नेपाल आइडल’को छैटौं सिजन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘नेपाल आइडल’को छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ, नयाँ स्वरूप र कथासँग।
  • अडिसन इटहरी, पोखरा, नेपालगञ्ज, काठमाडौं, सिक्किम र दार्जिलिङमा गरिएको थियो, जसमा भारतको सिक्किम र दार्जिलिङ पनि समावेश छन्।
  • अडिसनदेखि नै प्रतिस्पर्धीले ब्याकग्राउण्ड म्युजिकको साथ गीत गाउने व्यवस्था गरिएको छ, जसले कार्यक्रमको स्तर उकास्ने विश्वास निर्माताले व्यक्त गरे।

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ । नयाँ स्वरूप, फरक प्रस्तुति र पर्दा पछाडिको कथासँगै नयाँ सिजन सुरु भएको जनाइएको छ ।

यस संस्करणको अडिसन इटहरी, पोखरा, नेपालगञ्ज, काठमाडौं, सिक्किम र दार्जलिङसम्म गरिएको थियो । नेपालीभाषी सांगीतिक प्रतिभा भारतको सिक्किम र दार्जिलिङ क्षेत्रतिर पनि हुने भएकाले यो सिजनको अडिसन ती ठाउँमा पनि गरिएको निर्देशक सुरेश पौडेलले बताए ।

नयाँ सिजनमा अडिसनदेखि नै प्रतिस्पर्धीले ब्याकग्राउण्ड म्युजिकको साथमा गीत गाउने व्यवस्था गरिएको छ, जसले गर्दा कार्यक्रमको स्तर थप उचाइमा पुग्ने निर्माताको विश्वास छ ।

यस सिजनको अर्को खास पक्ष भनेको पर्दा पछाडिको कथा देखाउने प्रयास हो । हरेक एपिसोडमा शो कसरी छायांकन र सम्पादन गरिन्छ, प्रतिस्पर्धीको तयारी कसरी हुन्छ, जज तथा प्रस्तोताको भूमिकाबाट पर्दा पछाडिको संघर्ष र सिर्जनशीलता पनि दर्शकले हेर्न पाउनेछन् ।

निर्देशक पौडेल भन्छन्, ‘हामीले यसपटक दर्शकलाई केवल प्रस्तुति मात्र होइन, यो कार्यक्रम बन्ने प्रक्रियाको यात्रा पनि देखाउँदैछौं, जसले यसलाई अझ नजिक बनाउनेछ ।’

प्रस्तुति र प्रविधिमा पनि नयाँ प्रयोग गरेको निर्माताको भनाइ छ । पहिलेका सिजनको तुलनामा दृश्य, ध्वनि र कथा भन्ने शैलीमा नयाँ प्रयोग जनाइएको छ । यो सप्ताहन्तमा सिजनका दुई एपिसोड प्रशारण भए ।

अडिसनबाट छानिएका प्रतिस्पर्धीमध्ये ८० जनाले थिएटर राउन्डका लागि स्थान पाएका छन् । प्रस्तोतामा आसिफ शाह छन् । निर्णायकमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बासकोटा छन् ।

यो शो प्रत्येक साताको शुक्रबार र शनिबार बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?