+
+
Shares

एकै ठाउँ हुने सन्देशसहित कांग्रेसका सात नेताले सातै प्रदेशमा कार्यक्रम गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सात नेताले सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेका छन्।
  • बैठकले छिट्टै कार्यक्रमको स्थान र मिति निर्धारण गर्ने सहमति व्यक्त गरे।
  • कार्यक्रम अन्त्यसम्म पार्टीको संरचना अनुसार आयोजना गरिने जानकारी दिइयो।

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सात नेताले सबै प्रदेशमा अन्तरक्रिया राख्ने भएका छन् । पूर्व पदाधिकारीहरूको १५ औं महाधिवेशनमा छुट्टै प्यानल खडा गर्ने गरी निरन्तर छलफलमा रहेका नेताहरूको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार काठमाडौंसहित सातै प्रदेशमा अन्तरक्रिया गर्ने सहमति बनेको जानकारी गराए ।

‘सातै प्रदेशमा अन्तरक्रिया गर्ने कुरा भएको छ । कहाँ कहिले गर्ने छिट्टै निर्णय लिन्छौं,’ बैठकमा सहभागी ती नेताले भने, ‘हामी एकै ठाउँमा छौं । मिलेर जान्छौं भन्ने सन्देश दिनेगरी कार्यक्रम गर्न लागेका हौं ।’

उनका अनुसार यसै महिनाको महिनाको अन्त्यतिरबाट प्रदेशगत कार्यक्रम सुरु गरिने छ । पार्टीको कुनै संरचना आयोजक बनाएर कार्यक्रम राखिने ती नेताले जानकारी गराए ।

नेता गोपालमान श्रेष्ठको पहलमा पूर्व सात पदाधिकारीको बैठक आज सानेपा बसेको थियो । उक्त बैठकमा नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, श्रेष्ठ र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए ।

विजय गच्छदार भने आजको बैठकमा उपस्थित थिएनन् ।

महाधिवेशन केन्द्रित समीकरण बनाउने गरी सात नेताहरूको बैठक निरन्तर बस्दै आएको छ । नेताहरूका अनुसार १५/१५ दिनमा समूहको बैठक बस्ने मोटोमोटी सहमति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?