News Summary
Generated by OK AI. Editorially reviewed.- रोमानियाका बार्ना सोल्ट भागोले ३ वैशाखमा ल्होत्से हिमाल आरोहण गर्दा अक्सिजनको कमीले मृत्यु भएको हो।
 - पर्यटन विभागले मृतकको शव काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय गरिरहेको छ।
 - उनी ४८ वर्षका थिए र हिमालयन गाइड नेपाल ट्रेकमार्फत आरोहणमा गएका थिए।
 
५ जेठ, काठमाडौं । ल्होत्से हिमाल आरोहण क्रममा रोमानियाका एक आरोहीको मृत्यु भएको छ ।
पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीका अनुसार रोमानियाका बार्ना सोल्ट भागोले ३ वैशाखका दिन हिमालयन गाइड नेपाल ट्रेकमार्फत विभागको अनुमति लिएर आरोहणमा गएका थिए ।
बिनाअक्सिजन ल्होत्से हिमाल आरोहण गर्ने क्रममा अक्सिजन कमीका कारण आइतबार उनको मृत्यु भएको जानकारी कम्पनीले विभागमा गराएको छ ।
उनी ४८ वर्षका थिए । विभागले मृत शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय र सहजीकरण गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4