
News Summary
Generated by OK AI. Editorially reviewed.- बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणले ३६ बङ्गुरको मृत्यु भएको छ।
- भेटेरिनरी अस्पतालले जानकारी दिए अनुसार, विभिन्न फार्ममा सङ्क्रमित र मृत्यु भएका बङ्गुरहरूको संख्या पुष्टि भएको छ।
- सुनसरी जिल्लाका अन्य स्थानहरूमा पनि यस फिभरको सङ्क्रमण देखिएको छ।
६ वैशाख, इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ ।
स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए ।
बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए ।
उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।
बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।
प्रतिक्रिया 4