News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार कागतीको मूल्यमा १० रुपैयाँले गिरावट आएको छ ।
- आज २४० रुपैयाँ कायम भएको छ, सोमबार २५० रुपैयाँमा कारोबार थियो ।
- कागतीको मूल्य वैशाख पहिलो साता २८० रुपैयाँसम्म पुगेको थियो ।
६ जेठ, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार कागतीको भाउ घटेको देखाएको हो ।
आज मंगलबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । सोमबार कागती किलोको २५० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागती प्रतिकिलो २४० रुपैयाँ कायम छ ।
एक साताअघि कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो । वैशाख पहिलो साता कागती प्रतिकिलो २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4