
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने टुंगो लागेसँगै नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन् ।
करिब डेढ महिना सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको रस्साकस्सी सहमतिमा टुंगिएसँगै नयाँ हस्ताक्षरको पनि टुंगो लागेको हो ।
उनले नोटहरूमा हस्ताक्षर गर्दा आफ्नो पुरा नामलाई अण्डरलाई गरेर दुई थोप्लाको प्रयोग गर्नेछन् । साथै, उनले आफ्नो नामलाई डिको भने दिँदैनन् ।
उनी १८ औं गभर्नरको रुपमा नेपाल राष्ट्र बैंक प्रवेश गर्दैछन् ।
पौडेललाई अर्थमन्त्री नेतृत्वको तीन सदस्यीय सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेको छ ।
केहीबेरमै बस्ने मन्त्रिपरिषद् बैठकले विश्वनाथ पौडेल गभर्नरमा नियुक्त भएको निर्णय गर्नेछ ।
आजै बसेको सिफारिस समितिको बैठकले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको छ ।
प्रतिक्रिया 4