+
+
Shares

रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने, यस्ताे छ कारण

मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखिएको दाबीसहितको बन्दीप्रत्यक्षीकरण निवेदनको सुनुवाइ स्थगित भएको छ।
  • सर्वोच्च अदालतले बुधबारको सुनुवाइ स्थगित गरी अर्को मिति तोकेको छैन।
  • न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा र बालकृष्ण ढकाल छुट्टै इजलासमा रहेका कारण सुनुवाइ स्थगित भएको हो।

७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।

तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।

रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।

सर्वोच्च अदालत प्रशासनले त्यो निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?