News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेट बोर्डले यू-१९ टोलीको इंग्ल्यान्ड भ्रमणका लागि टोली घोषणा गर्यो।
- टोलीको कप्तान आयुष माथरे र उपकप्तान अभिज्ञान कुन्डु छन्।
- टोलीले २०२५ को जुलाईसम्म इंग्ल्यान्डमा विभिन्न एकदिवसीय र बहु-दिवसीय खेलहरू खेल्नेछ।
८ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्डको जुनियर सेलेक्सन कमिटीले इंग्ल्यान्ड भ्रमणका लागि भारतको यु-१९ टोली घोषणा गरेको छ। टोलीको कप्तानी १७ वर्षीय आयुष माहत्रेले गर्ने छन् भने अभिज्ञान कुन्डु उपकप्तान तथा विकेटकिपरको भूमिकामा रहनेछन्।
टोलीमा १४ वर्षीय वैभव सुर्यवंशी पनि समावेश छन् । उनले यसअघि पनि यू-१९ बाट खेलिसकेका छन् र अस्ट्रेलियाविरुद्ध शतक पनि बनाएका छन् ।
आयुष र वैभव दुवैले जारी आईपीएलमा शानदार ब्याटिङ प्रदर्शन गरेका छन् । चेन्नईबाट खेल्ने आयुष तथा राजस्थानबाट खेल्ने वैभवले आ-आफ्नो टोलीलाई विस्फोटक सुरुवात दिलाइरहेका थिए । दुवैको टिम भने आईपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।
भारत यू-१९ टोलीले २०२५ जुन २४ देखि जुलाई २३ सम्म इङ्ग्ल्यान्ड भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमण अन्तर्गत एक ५० ओभरको वार्म-अप खेल, पाँचवटा युवा एकदिवसीय (युथ वन-डे) सिरिज र दुईवटा बहु-दिवसीय (मल्टि-डे) खेलहरू इङ्ग्ल्यान्ड यू-१९ विरुद्ध खेलिनेछ।
भारत यू-१९ टोली : आयुष माथरे (कप्तान), वैभव सूर्यवंशी, विहान मल्होत्रा, मौल्यराजसिंह चावडा, राहुल कुमार, अभिज्ञान कुन्डु (उपकप्तान तथा विकेटकिपर), हर्वंश सिंह (विकेटकिपर), आर. एस. अम्ब्रिश, कनिष्क चौहान, खिलन पटेल, हेनील पटेल, युधाजित गुहा, प्रणव राघवेन्द्र, मोहम्मद इनान, आदित्य राना, अनमोलजीत सिंह
प्रतिक्रिया 4