+
+
Shares

प्रकाश दूतराजलाई नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरियो।
  • पुरस्कार गुठीले नगद २५ हजार रुपैयाँसहित लोकगीतको संरक्षणमा योगदानका लागि दिए।
  • गुठीले यस वर्ष पाँच स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरेको छ।

काठमाडौं । गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार गुठीले नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।

म्याग्दी घर भएका दूतराज मौलिक लोकगीत सिर्जनामा सक्रिय छन् । ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’लगायत उनका गीतहरू युट्युबमा चर्चित छन् । हालै सार्वजनिक गरेको ‘रामसाइँली’ गीत पनि चर्चित छ ।

उनले साम्राज्ञी शाह र रिहान गिरीसँगको फिल्म ‘आहुती : द वे अफ चेन्ज’बाट फिल्म अभिनयमा समेत डेब्यु गरेका छन् ।

गुठीले यस वर्ष विभिन्न पाँच स्रष्टालाई पुरस्कृत गरेको छ । ‘नूर-गंगा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार’ रामबाबु सुवेदी (कास्की) र रामकुमार पाण्डे (ललितपुर)लाई प्रदान गरिएको छ ।

‘नूर–गंगा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार’ रूपन्देहीका डिल्लीनारायण पाण्डेले प्राप्त गरे भने ‘नूर-गंगा क्षेत्रीय साहित्य पुरस्कार’ सागर पौडेल (रूपन्देही) लाई प्रदान गरिएको हो । नूर–गंगा प्रतिभा पुरस्कार गुठीको स्थापना २०४९ सालमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?