+

बी डिभिजन लिग : प्रताप सिंह बने सर्वोत्कृष्ट खेलाडी, फागुराम सर्वाधिक गोलकर्ता

२०८२ जेठ  ९ गते १९:४४ २०८२ जेठ ९ गते १९:४४
बी डिभिजन लिग : प्रताप सिंह बने सर्वोत्कृष्ट खेलाडी, फागुराम सर्वाधिक गोलकर्ता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रताप सिंह राई प्लानिङ ब्वाइज युनाइटेडलाई बी डिभिजनको च्याम्पियन र मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।
  • प्लानिङ ब्वाइजले टुसाल युथ क्लबलाई ९-३ ले पराजित गरी अपराजित रह्यो र १५ लाख पुरस्कार प्राप्त गर्यो।
  • फागुराम थारुले १५ गोल गरे र सर्वाधिक गोलकर्ता भए, प्रमिजय गच्छादार उत्कृष्ट गोलकिपर घोषित भए।

९ जेठ, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडका प्रताप सिंह राई शहीद स्मारक बी डिभिजन लिगको मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन् ।

पलानिङ ब्वाइजलाई अपराजित राख्दै बी लिगको डिभिजनको च्याम्पियन बनाएर ए डिभिजनमा बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेमा प्रताप सर्वोत्कृष्ट बनेका हुन् ।

लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइजले टुसाल युथ क्लबलाई ९-३ ले पराजित गर्दै अपराजित रहेको हो ।

प्रतापले अवार्ड र नगद १ लाख पुरस्कार प्राप्त गरे ।

यसैगरी प्लानिङ ब्वाइजकै परवार्ड फागुराम थारु सर्वाधिक गोलकर्ता बने । अन्तिम खेलमा टाल विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेका उनले सर्वाधिक १५ गोल गरे ।

वीरगंज युनाइटेडका गोलकिपर प्रमिजय गच्छादार उत्कृष्ट गोलकिपर घोषित भए । फागुराम र प्रमिजयले समान ५० हजार र अवार्ड प्राप्त गरे ।

च्याम्पियन टिम प्लानिङ ब्वाइजले फेयर प्ले को अवार्ड समेत पायो ।

च्याम्पियन प्लानिङ ब्वाइजले उपाधिसँगै नगद १५ लाख प्राप्त गर्दा उपविजेता श्री भगवती क्लबले १० लाख हात पार्‍यो । तेस्रो भएको ब्वाइज युनियनले ५ लाख प्राप्त गर्‍यो ।

बी डिभिजन लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय