+
+
Shares

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा दीपक कुँवर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा दीपक कुवँर निर्विरोध निर्वाचित भए।
  • संघले नयाँ कार्यसमिति चयन गरी अध्यक्ष कुवँरको नेतृत्वमा काम गर्ने निर्णय गर्यो।
  • उनीले रियल स्टेट व्यवसायमा देखिएको सिथिलता हटाउने र व्यवस्थित आवास विकासमा जोड दिने बताए।

१० जेठ, काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी दीपक कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

व्यावसायिक आवास विकास गर्दै आएका देशभरिका घरजग्गा व्यवसायीको यो संस्थाले शनिवार काठमाडौंमा आयोजित साधारणसभा मार्फत कुँवरको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका छन् । महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा बरुणकुमार आचार्य, कोषाध्यक्षमा निश्चलकुमार श्रेष्ठ चुनिएका छन् । यसैगरी कार्यसमिति सदस्यमा डेगेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दीप श्रेष्ठ, प्रश्रित भोयद्यो, सिद्धान्तविक्रम धमला र आभाष कुँवर चुनिएका छन् ।

विगत २५ वर्षदेखि आवास विकास व्यवसायमा संलग्न रहँदै आएका कुँवर सीडी डेभलपर्सका अध्यक्ष हुन् । उनले एक दर्जन हाराहारीमा सामुदायिक आवास तथा अपार्टमेन्ट विकास गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष कुँवरले आर्थिक मन्दीको मूल जड रियलस्टेट व्यवसायमा देखिएको शिथिलता रहेकाले यसलाई हल गर्न पहल गर्ने बताए । व्यावसायिक र व्यवस्थित आवास विकासलाई प्राथमिकता दिने नीति राज्यको हुनुपर्ने उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?