News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई २-० ले हरायो ।
- एमबाप्पेले दुई गोल गर्दै रियलमा पहिलो सिजन ३१ गोल पुर्याए ।
- सिजनको अन्त्यमा रियल दोस्रो स्थानमा रह्यो, बार्सिलोना शीर्ष स्थानमा छ ।
११ जेठ, काठमाडौं । केलिएन एमबाप्पेको दुई गोलमा रियल मड्रिडले ला लिगाको अन्तिम खेलमा रियल सोसिडाडलाई हराउँदै राउँदै जितसहित सिजन सकाएको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा सोसिडाडलाई २-० ले हराएपछि रियलले मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी र कप्तान लुका मोडरिचको सुखद बिदाइ गरेको छ ।
बार्सिलोना यसअघि नै चयाम्पियन र रियल उपविजेता बनिसकेकोले यस नतिजाले अंकतालिकामा कुने असर भने गरेन ।
एन्सेलोटीको लागि यो नै अन्तिम खेल थियो भने क्लब विश्वकपपछि रियल छाड्ने घोषणा गरेका क्रोएसियन मिडफिल्डर मोडरिकको लागि रियलको घरेलु मैदानमा अन्तिम खेल हो । इटालियन प्रशिक्षक एन्सेलोटीले अब ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने छन् ।
घरेलु मैदानमा मोडरिकलाई दुवै टिमका खेलाडीले गार्ड अफ अनर प्रदान गरेका थिए ।
रियलको जितमा एमबाप्पेले ३८औं र ८३औं मिनेटमा गोल गरे । दुई गोल पछि उनले ला लिगामा पहिलो सिजनमे ३१ गोल गरे । उनी सर्वाधिक गोल गर्नेमा शिर्ष स्थानमा छन् ।
जितपछि ३८ खेल खेलिसकेको रियलको ८४ अंक जोडेर दोस्रो भयो । शीर्ष स्थानको बार्सिलोनाको ८५ अंक छ र अन्तिम खेल खेल्न बाँकी छ ।
प्रतिक्रिया 4