+
+
Shares

सरकारका प्रवक्ताको प्रश्न– तीर्थ भट्टराई पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:४०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको अनियमिताको छानबिन गर्न आग्रह गरे।
  • गुरुङले भने, ‘इमिग्रेसनमा जे खालको अनियमितता भो भन्ने कुरामा छानबिन भएको छ। छानबिन हुन दिनुस्।’
  • अधिकारकर्मीहरुले गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दै राजीनामा मागिरहेका छन्।

११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको अनियमिताबारे छानबिन हुन दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘इमिग्रेसनमा जे खालको अनियमितता भो भन्ने कुरामा छानबिन भएको छ । छानबिन हुन दिनुस्,’ गुरुङले भनेका छन् ।

लगत्तै, एमाले उपमहासचिव समेत रहेका गुरुङलाई एक सञ्चारकर्मीले ‘गृहमन्त्रीको राजीनामा माग भइरहेको छ नि ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गुरुङले भनेका छन्, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’

विमानस्थल अध्यागमनमा भएको उक्त अनियमिततामा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता देखिएको भन्दै राजीनामा माग भइरहेको छ ।

प्रतिपक्षी दल रास्वपाले राजीनामा माग गर्ने निर्णय नै गरेको छ । उता, गृहमन्त्री लेखकले भने आफूले कुनै अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै बिदा लिने घोषणा गरेका छन् ।

अहिले पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?