+
+
Shares

‘प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने नीति छ’

आयोग उपाध्यक्ष अधिकारीले संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ दोहोरिएको छ, त्यसबारे आयोगले समन्वय गर्ने र त्यससम्बन्धी काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रा. डा. शिवराज अधिकारीले आन्तरिक लगानी प्रोत्साहन गर्न र रोजगारी सिर्जनामा सुधार गर्न आयोगले काम गरिरहेको बताए।
  • उहाँले कर छुट र क्षेत्रीय दिशानिर्देशमार्फत लगानी र रोजगारी वृद्धि गर्ने योजना स्पष्ट पार्नुभयो।
  • उनले बेरोजगारी घटाउन खानी, होटल, रियल इस्टेट, निर्माण, जलविद्युत् क्षेत्रमा जोड दिनुपर्ने बताए।

११ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रत्यक्ष आन्तरिक लगानी प्रोत्साहन गर्ने बताएका छन् ।

आइतबार ललितपुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनः एकीकरण सम्बन्धी सरोकारवालासँगको छलफलमा उपाध्यक्ष अधिकारीले लगानी गर्ने संस्था भएको तर प्रोत्साहन नहुने अवरोध खडा गर्ने जस्ता कार्य भएको भन्दै आयोगले त्यसमा नजिकबाट काम गर्न खोजेको बताए ।

उनले संस्थाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न कहाँ–कहाँ अवरोध छ, कहाँ दोहोरिएको छ, त्यसबारे आयोगले समन्वय गर्ने र त्यससम्बन्धी काम अगाडि बढाइसकेको समेत जानकारी दिए ।

उपाध्यक्ष अधिकारीले जुन निकायले दुई जना मान्छेका लागि रोजगारी सिर्जना गर्दैन, त्यसलाई कर छुट चाहिएको भन्दै कर छुटले सरकारको ऋणमात्र बढाउने काम भएको बताए । ठूलो लगानी भएको र रोजगारी सिर्जना गरिरहेकालाई मात्र कर छुट दिन सकिने उनले स्पष्ट पारे ।

आयोगले अबको दिनमा कता र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा समेत दिशानिर्देश गर्ने बताए । पछिल्लो समय बेरोजगारी दर घटेको भए पनि आगामी दिनमा बढ्न नदिने र अझै घटाउँदै लैजाने र १६औं योजनाले पनि बेरोजगारी दर ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको बताए ।

एक समय छिमेकी देश भारतको बेरोजगारी दर नेपालको भन्दा बढी रहेको भन्दै उनले पछिल्लो समय भने भारतभन्दा नेपालको बेरोजगारी दर बढी रहेको उल्लेख गरे ।

खानी क्षेत्र, होटल, रेस्टुरेन्ट, रियल इस्टेट, निर्माण, जलविद्युत् क्षेत्रमा जोड दिन सके रोजगारी सिर्जना गर्न सकिने हुँदा अबको दिनमा लगानीलाई त्यस क्षेत्रमा प्राथमिकता दिनुपर्ने उपाध्यक्ष अधिकारीले जोड दिए ।

कृषि, निर्माण, लघु तथा घरेलु जस्ता क्षेत्रमा लगानी बढाइ व्यक्तिलाई श्रममुखी बनाएर रोजगारी विकासको दर वृद्धि गर्न सकिने र यसका लागि निजी र सहकारी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?