+
+
Shares

कांग्रेस पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते ७:१९
फाइल तस्वीर

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे  पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीले राजीनामा दिनुपर्ने माग उठेको छ । यसबारेमा पनि छलफल हुनेछ ।

केही कांग्रेस नेताहरूले लेखकमाथि प्रश्न उठ्ने बित्तिकै राजीनामा दिएर छानबिनका लागि सहज वातावरण बनाउन सुझाव दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?