+
+
Shares

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, केरलमा सबैभन्दा बढी संक्रमित

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १४:३१
Photo Credit : Getty Images

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ र कुल १ हजार ९ जनामा पुष्टि भएको छ।
  • केरल, महाराष्ट्र, दिल्ली लगायत राज्यहरूमा बढी संक्रमित भेटिएका छन् ।
  • मन्त्रालयले सतर्कता अपनाउन र निगरानी बढाउन निर्देशन दिएको छ।

काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार भारतभरि कूल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन्, जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु राव यसबारे धेरै चिन्ता लिनु नपर्ने बताउँछन् ।

उनले भने, ‘दक्षिण-पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको सुनेको छु । यो संक्रमण त्यति धेरै जोखिमयुक्त छैन । भारतमा देखा परिरहेको कोरोना संक्रमण पनि हल्का प्रकारको हो ।’

उनले भने, ‘महाराष्ट्र र अन्य केही ठाउँहरूमा केही मानिसको मृत्यु भएको खबर बाहिर आएका छन्, तर ती मानिसको मृत्यु कोभिड-१९ सँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन । यी केसमा अन्य रोगहरू पनि थिए ।’

तर, पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानी पनि अपनाउने काम भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?