
News Summary
Generated by OK AI. Editorially reviewed.- पियोर इनर्जीको साधारण सेयर काठमाडौंमा सूचीकृत भयो र भोलि बजारमा कारोबार हुनेछ।
- कम्पनीको ८० लाख सेयर सूचीकृत भएको र २० प्रतिशत सर्वसाधारणले र ८० प्रतिशत संस्थापकले स्वामित्व लिएका छन्।
- प्रारम्भिक कारोबार मूल्य न्यूनतम ९६ रुपैयाँ ४५ पैसा र अधिकतम २८९ रुपैयाँ ३५ पैसा हुनेछ, हरेक कारोबारमा २ प्रतिशत र दिनभरी १० प्रतिशतभन्दा बढी मूल्य परिवर्तन हुँदैन।
१२ जेठ, काठमाडौं । पियोर इनर्जीको साधारण सेयर बजारमा सूचीकृत भएको छ । कम्पनीको ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो ।
जसमध्ये २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत सेयर संस्थापक समूहको छ । भोलि मंगलबारदेखि बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । हाइड्रोपावर समूहको कम्पनीले पीयूआरई कोड नाम पाएको छ ।
भोलि पहिलो कारोबारमा न्यूनतम मूल्य ९६ रुपैयाँ ४५ पैसा देखि अधिकतम २८९ रुपैयाँ ३५ पैसासम्म हुनेछ । त्यसपछि हरेक कारोबारमा २ प्रतिशत र दिनभरीमा १० प्रतिशतभन्दा धेरै मूल्य घटबढ हुने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4