+
+
Shares

क्यूएफएक्सले दियो ‘ऊनको स्विटर’लाई सुपरहिटको मान्यता

सरकारको आधिकारिक बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्विटर’ले १५ दिनसम्म देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यूएफएक्सले फिल्म ‘ऊनको स्विटर’लाई ‘सुपरहिट’ ट्याग दिएको छ, जसले पहिलो साता चेनअन्तर्गतका हलमा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाउन सक्यो ।
  • क्यूएफएक्स जनरल म्यानेजर तृप्ती गिरीले भनिन्, ‘सुपरहिट’ को मान्यता प्राप्त गर्न फिल्मले एकसाताभित्रै हाम्रा हलमा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाउनु आवश्यक छ।

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘ऊनको स्विटर’लाई ‘सुपरहिट’को मान्यता दिएको छ । सोमबार बेलुका आफ्नो वेबसाइटमार्फत यो चेनले फिल्मलाई यस्तो ट्याग दिएको हो ।

क्यूएफएक्सले ‘सुपरहिट’ मान्यता दिनुको अर्थ, यो फिल्मले चेनअन्तर्गतका देशब्यापी हलमा पहिलो साता १ करोड ५० लाख रुपैयाँ ग्रसको कमाइ गरेको छ भन्ने हो ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यो फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् ।

उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।

सरकारको आधिकारिक बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्विटर’ले १५ दिनसम्म (तेस्रो शुक्रबारको बेलुका ५ बजेसम्म) देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।

यसअघि क्यूएफएक्सको यस्तो थ्रेसहोल्ड पूर्णबहादुरको सारंगी, छक्कापञ्जा ५, १२ गाउँ, बोक्सीको घर, महाजात्रा, कल्की लगायतका फिल्मले प्राप्त गरेका थिए ।

‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ गिरीले भनिन् । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ ।

अहिले देशभर क्यूएफएक्सका १६ हल र ३८ पर्दा संचालनमा छन् । इटहरीको हल चाहिँ अहिले बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?