+
+
Shares

युवा संघको नेतृत्व चुन्न मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १०:४५

१३ जेठ, पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ ।

पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवासंघका नेताहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?