+

मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने महिला फुटबल टोलीको बिदाइ

२०८२ जेठ  १३ गते १६:४८ २०८२ जेठ १३ गते १६:४८
मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जाने महिला फुटबल टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्ड जाने नेपाली महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ।
  • अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टोलीलाई जितको शुभकामना दिए।

१३ जेठ, काठमाडौं । थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि त्यसतर्फ जान लागेको नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यस टोलीबाट धेरै आशावादी रहेको बताउँदै जितको शुभकामना दिए । ‘राम्रो खेल प्रदर्शन गरेर मन जित्दै आइरहनुभएको छ, यस खेलमा पनि खेल कौशल प्रदर्शन गर्नुहोला’ उनले भने ।

महासचिव किरण राईले नेपालको महिला टिमले पनि विश्वकप खेल्न सक्नेमा सबै आशावादी रहेको बताउँदै आउँदै गरेको एसियन कप छनोटअघि यस खेलमा राम्रो प्रदर्शन गरेर फर्कन शुभकामना दिए ।

नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपाली टोली मंगलबार थाइल्याण्ड प्रस्थान गर्नेछ । फ्रान्स र यूएईमा क्लब फुटबल खेलिरहेका साबित्रा भण्डारी र रेखा पौडेल उतैबाट थाइल्याण्ड पुगेर टिममा सामेल हुनेछन् ।

नेपाली टिम

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

नेपाली महिला फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय