+
+
Shares

‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

मंगलबार कार्यक्रम आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:००

१३ जेठ, काठमाडौँ । साहित्यकार मोहन सिटौलाको जीवनमा आधारित शारदा मासिकले प्रकाशन गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।

मंगलबार कार्यक्रम आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताए ।

पुस्तकको समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित कृतिमा ५० नेपालीमा, चार अङ्ग्रेजीमा र चार शुभकामनासहितक ५८ जना लेखकका रचना रहेका जानकारी दिँदै पूर्ण समष्टिको एक अंश व्यष्टि र उस्तै किसिमका वा भएका वस्तुहरुको मेल समष्टि भएको बताए ।

लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानवलगायत उपमा दिएका छन् ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष सिटौलाका ११ पुस्तक प्रकाशित छन् । ८२ वर्षीय उनी अद्यापि साहित्य सृजनामा क्रियाशीलछन् । हाल अमेरिकामा रहेका उनले श्रव्यदृश्यका माध्यमबाट कार्यक्रममा आफ्ना अभिव्यक्ति राखेका थिए ।

पुस्तकको सम्पादन शारदाका प्रकाशक एवं सम्पादक विमल भौकाजीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?