+
+
Shares

अरुण–३ आयोजनाको उत्पादन मिति पर सार्न समिति गठन सिफारिस

९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते २०:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरुण–३ जलविद्युत् परियोजनाको व्यावसायिक उत्पादन मिति पर सार्ने प्रयोजनका लागि समिति गठन हुने भएको छ ।
  • ९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो ।

१३ जेठ, काठमाडौं । अरुण–३ जलविद्युत् परियोजनाको व्यावसायिक उत्पादन मिति पर सार्ने प्रयोजनका लागि समिति गठन हुने भएको छ ।

मंगलबार बसेको लगानी बोर्ड बैठकले यो परियोजनाको परियोजना विकास सम्झौता प्रावधान अनुसार ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

९ सय मेगावाट क्षमताको अरुण–३ आयोजनाको निर्माण सक्ने अवधि मार्च २०२५ थियो । यो अवधिमा आयोजनाको काम नसकिएपछि सतलज जलविद्युत् निगमले समय बढाउन माग गरेको छ ।

यो समय थप गर्ने प्रयोजनका लागि यस्तो प्यानल गठन गर्न बोर्डले सरकार समक्ष सिफारिस गरेको हो । यसै समितिले दिएको सिफारिसका आधारमा बोर्डले उत्पादन मिति थप गर्ने निर्णय लिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?