
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई आजै कारागारबाट छाड्ने तयारी गरिएको छ ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ आजै सफाइ दिएको थियो ।
आदेशसँगै उच्च अदालत वीरगञ्जबाट पत्र आइपुगेको र केहीबेरमै छाड्ने तयारी गरिएको कारागार स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
‘अदालतबाट पत्र आइपुगेको छ, केहीबेरमा छाड्नेगरी आवश्यक प्रक्रिया अघि बढाएका छौं,’ स्रोतले भन्यो ।
उनी ललितपुरस्थित नख्खु कारागारमा छन् ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
प्रतिक्रिया 4